१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने



काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

एपली ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिइएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमले सबै उद्योगलाई पत्र लेख्दै गाभ्ने कार्ययोजना बनाई काम अगाडि बढाउन आग्रह गरेको छ । रासस

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  १ : ५३ बजे