काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्षमा डा.गोकुलप्रसाद बुर्लाकोटी नियुक्त हुनुभएको छ । उहाँ ऋण असुली न्यायाधिकरणका पूर्वअध्यक्ष हुनुहुन्छ ।
त्यस्तै, आयोगको सदस्यमा प्रा डा। योगेन्द्रबहादुर गुरुङ र डा.कविताराज पौडेल ९खाती० नियुक्त हुनुभएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
गत असोज २२ गते विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको त्रिवि सभाको साधारण सभाको बैठकले अध्यक्ष तथा सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।
दसैँ तथा सार्वजनिक बिदाका कारण उहाँहरूलाई सोमबार मात्रै त्रिवि उपकुलपति कार्यालयले नियुक्तिपत्र दिएको हो ।
उहाँहरूलाई त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को नियम १०८ बमोजिम नियुक्त गरिएको हो । पुनरावेदन आयोगले विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीका विभिन्न प्रशासनिक एवं कानुनी मुद्दा र पुनरावेदनमाथि सुनुवाइ गर्ने गर्दछ ।





