काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बिहीबार (कात्तिक १९)सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, सुनको मूल्य तोलामा दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।





