रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। १० महिलावार बजारबाट सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले कार्तिक २६ गते राति करिब १२स्०५ बजे उनीहरूलाई नियन्त्रणमा लिई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरीका सूचना अधिकारी चन्द्रकिशोर शाहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा जिल्ला रुपन्देहीको देवदह नगरपालिका वडा नं। ७ बस्ने ३० वर्षीय चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका वडा नं। ३ बस्ने २१ वर्षीय प्राप्ती बस्नेत रहेका छन्। प्रहरीले परम्परागत देउसी भैलो कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिएको छ।





