४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

सुनको मूल्य घट्ने क्रम जारी, आज तोलाको कति ?



काठमाडौं । पछिल्ला दिनहरुमा सुनचाँदीको भाउ लगातार घटिरहेको छ ।
बिहीबार पनि सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा तीन हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा दुई लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८३, बिहिबार  ११ : १८ बजे