४ मंसिर २०८३, बिहिबार | Fri Nov 20 2026

एमालेको राष्ट्रिय भेला जारी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ । आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।

त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यतालिका छ । भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ । दिवाभोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, बिहिबार  १ : १२ बजे