८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान



नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहलाई भ्रमणको दोस्रो दिन आज राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई अङ्गालो हालेर स्वागत गरे ।
सम्मान ग्रहणपछि दुवै देशका प्रधानमन्त्री सँगै बाहिरिनुभएको थियो । त्यसपछि हैदरावाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्रीबीच शिखर वार्ता हुने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, सोमबार  १० : ५८ बजे