मुस्ताङ । मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्ला चार महिनामा ४५ लाख ४६ हजार ८३२ रुपैयाँ भेटी संकलन भएको छ । मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३र०८४ को पहिलो चार महिनामा रसिद र दानपेटिकामार्फत उक्त रकम संकलन भएको हो ।
चालु आवको पहिलो चार महिनामा रसिद र दानपेटिकामा समेत गरी नेपाली २६ लाख ५९ हजार ५५७ र भारु ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । भक्तजनले स्वेच्छिक रूपमा १०० रुपैयाँभन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग संकलन गरिँदै आएको उनले बताए । १०० रुपैयाँभन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रूपमा दान गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसपालि साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ संकलन भएको छ । मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दानपेटिकामा जम्मा भएको छ ।
व्यवस्थापक भुसालका अनुसार, चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अस्ट्रेलियन डलर २७०, थाई भाट ४४०, यूएई दिराम १,०२५, क्यानेडियन डलर ७०, मलेसियन रिंगेट १२३, बेलायती पाउन्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी संकलन भएको छ ।
समितिका अनुसार, गत आर्थिक २०८२र०८३ सम्म कोषमा ११ करोड ७६ लाख ३३ हजार १९१ रुपैयाँ मौज्दात छ । उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र सांग्रिला बैंकमा रहेको खातामा जम्मा गर्ने गरिएको छ ।





