कैलाली । गृहमन्त्री रमेश लेखकले तत्काल मन्त्री हेरफेरको कुरा हल्ला मात्रै भएको बताएका छन् । आज धनगढीमा नेपाल प्रेस युनियन कैलालीले अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमै बनेको सरकारमा मन्त्री हेरफेर गर्ने कुरा अहिलेसम्म हल्ला भएको बताए ।
मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भए पनि आजको समयसम्म त्यसबारे मन्त्रिपरिषद्मा कुनै कुरा नउठेको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले भने,‘सरकार गठन भएकै हुँदैन सरकार ढल्छ भन्ने हल्ला र बेलाबेलामा मन्त्री हेरफेर हुन्छ भन्ने हल्ला एक थरीले चलाइरहन्छन्, त्यसकारण अहिले नै त्यस्तो मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले बताए । उनले भन्े, ‘अहिले प्रधानमन्त्री चीन भ्रमणमा जानुहुन्छ, त्यसपछि मित्रराष्ट्र भारत जानुहुन्छ । यसले गठबन्धन ढल्ने तथा सरकारै परिवर्तन हुने कुरामा खासै महत्व राख्दैन ।’ बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिएको भएपनि दुवै दल समझदारीका आधारमा अघि बढ्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘बीआरआईमा अनुदान लिने, तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय हो ।’
मन्त्री लेखकले आफ्नो गृह जिल्ला कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको समेत बताउ । उन्ले भने,‘निर्मला हत्याको घटना लामो समय भइसक्यो, अनुसन्धान जारी रहन्छ ।