१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

सुन एकैदिन २३ सय बढ्यो सुन



काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु. एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु। ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु। एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ११ : ०४ बजे