१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

दुई दिनमा सुनको भाउ ८ हजार ८ सयले गिरावट



काठमाडौं । दुई दिनमै सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको छ ।

मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ११ : १७ बजे