काठमाडौं । दुई दिनमै सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको छ ।
मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।





