१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

सुन एकैदिन प्रतितोला १९ सय रूपैयाँ बढ्यो



काठमाडौं । तीन दिनदेखि लगातार स्थिर रहेको सुनको मूल्य आज एकैदिन ह्वातै बढेको छ । आज मंगलबार एकैदिन तोलामा १९ सय रुपैयाँले बढेर कारोबार भएको छ । लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६४ हजार ७०० रुपैयाँ कायम छ । सोमबार ९हिजो० छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : ४९ बजे