काठमाडौं । सभामुख देवराज घिमिरेले प्यालेस्टाइनी लडाकु समूह हमासबाट अपहरित नेपाली विद्यार्थी विपीन जोशीको शीघ्र रिहाइका निम्ति पहल गरेका छन् । सभामुख घिमिरेले विपीनको सकुशल रिहाइका निम्ति पहल गरिदिन आग्रह गरेका हुन् ।
“नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,” पत्रमा भनिएको छ ।
विपीनलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरेका छन् । पत्रमा सभामुख घिमिरेले भनेका छन्, “नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।”
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि विपीनसहितका व्यक्तिहरूलाई बन्दी बनाएको हो । उनको रिहाइका निम्ति सरकारले कूटनीतिक पहल गरिरेपनि सफल हुन सकेको छैन ।





