२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

तरूण दलको पूर्ण सदस्यता आजदेखि वितरण गर्ने



काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको पूर्ण सदस्यता आजदेखि वितरण गरिने भएको छ।

बुधबार तरूण दल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूसहित बसेको बैठकले फागुन १ गतेदेखि पूर्ण सदस्यता वितरण सुरू गर्ने निर्णय गरेको केन्द्रिय सदस्य गोकुल खत्रीले जानकारी दिए ।
पूर्ण सदस्यता स्वीकृतका लागि लेबीसहित केन्द्रीय कार्यालयमा फागुन २९ गतेभित्रै पठाउन पनि बैठकले आग्रह गरेको छ।

कांग्रेसले तरूण दललगायत भ्रातृ संस्थालाई चैतभित्रै महाधिवेशन गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ११ : ०५ बजे