८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते



बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियादेखि कोट मैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप खस गाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं। ११ का विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० विजय यादवले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका रानालाई गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । यस्तै, दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं। ५ सर्दा खेतका २२ वर्षीय राजन विक, वडा नं। ४ डाँडा खेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहरा फाँटका १९ वर्षीय अशोक बोहरा घाइतेको जिप्रका बागलुङका डिएसपी यादवले जानकारी दिनुभयो । घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकदेखि एक सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  २ : ०६ बजे