२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

सुनचाँदीको मूल्य तोलामा १७ सयले घट्यो



काठमाडौँ । गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।
गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी तोलामा रू १५ घटेर रू एक हजार ९४५ मा खरिदबिक्री भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ०५ बजे