४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

नवनियुक्त गभर्नर पौडेलको शपथग्रहण आज



काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दै छन्।

निकै लामो रस्साकस्सीपछि गएराति गभर्नरमा नियुक्त हुनुभएका डा। पौडेलले आज शपथ लिने कार्यक्रम तय गरिएको छ।

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार, डा। पौडेलले आज बिहान कार्यालय खुलेपछि अर्थ मन्त्रालय पुगेर आफ्नो नियुक्ति पत्र बुझ्ने कार्यक्रम छ । त्यसपछि उहाँ सर्वोच्च अदालत जाँदै हुनुहुन्छ, जहाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उहाँलाई शपथ गराउनु हुनेछ।

शपथपछि डा। पौडेल आजै नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १० : ०६ बजे