१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

अदालतको फैसला ऐतिहासिक आयो सबैलाई बधाई : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको जग्गा सरकारको नाममा ल्याउन अदालतले ऐतिहासिक फैसला गरेको भन्दै सबैलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा उक्त ऐतिहासिक फैसला गराउने विशेष अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गरेका छन्।

‘अन्ततः ललितानि वासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ। जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरूद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। ।विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद१,’ शुक्रबार उनले सामाजिक सञ्जालमा भनेका छन्।

विशेष अदालतले बिहीबार ललित निवासको व्यक्तिका नाममा रहेको जग्गा सरकारीकरण गरेको थियो। अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दिप बस्न्यात, पूर्वसचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गरेको थियो। उक्त प्रकरणमा विजयकुमार गच्छदार सहित तीन पूर्वमन्त्रीलाई सफाइ पाएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १० : ३७ बजे