८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भोलि पेश गरिने



काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भोलि मात्रै पेश गरिने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराए । बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुनेछन् ।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा। प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नेछन् ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा विवाद कायम रहेकाले तयार भइसकेको छैन । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सोमबार बिहान भएको छलफलले पनि सहमति पहिल्याउन सकेको थिएन ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ५ : ०१ बजे