१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

भीष्मराज आङ्देम्बे बने सर्वसम्मत कांग्रेस संसदीय दलको नेता



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।

संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।

गएको शुक्रबार (वैशाख ११) गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको हो । आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटिसकेको कार्यदलमा रहेका एक पदाधिकारीले जानकारी दिए ।

आङ्देम्बे समानुपातिकतर्फबाट सांसद निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ४९ बजे