७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

प्रधानमन्त्रीमाथि हर्क साम्पाङको प्रश्न -कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेको राम्रो



काठमाडौं । श्रम संस्कृति पार्टीका नेता हर्कराज राईले प्रधानमन्त्री सदनप्रति उत्तरदायी नभएको भन्दै लगातार प्रश्न गरिरहेका छन् । उनले आज संसदमा बोल्दै जवाफ दिनुपर्ने हो कि होइन भनि सोधेका छन् ।

उनले बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै समय मागेर नियमावलीको नियम (५ (२) अनुसार सांसद्को प्रश्नको उत्तर दिनुपर्ने बताए । “प्रधानमन्त्रीज्यू सदनमा आएर सांसदहरूले उठानुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन । उत्तर दिनुपर्ने हो या होइन रु” उनले भने ।

उनले आफूले वैशाख २८ र २९ गते गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न राखेको बताए । रक्षा मन्त्रालय पनि प्रधानमन्त्रीसँगै भएकाले उनले नै जवाफ दिनुपर्ने माग राखे । “ती प्रश्नको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ,” उनले भने ।

उनले प्रधानमन्त्रीले कर्तव्य पूरा गर्नुपर्दैन भनि सोधे । “उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन रु यो देशमा पार्लियामेन्ट छ कि छैन रु सबै जनाले लोकतन्त्र, संसद्को गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन रु कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन,” उनले सोधे ।

कर्तव्य पूरा नगरे मार्ग प्रशस्त गर्दा राम्रो हुने सुझाव दिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १२ : २९ बजे