३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

यी हुन् देशभर अवरुद्ध भएका राजमार्ग



काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका छन् । मेची राजमार्ग, सिद्धिचरण लोकमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ, अरनिको राजमार्ग र सालझण्डी–ढोरपाटन सडकखण्डमा सडक अवरुद्ध भएको छ । मेची राजमार्गअन्तर्गत इलाम र सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरमा सडक अवरुद्ध भएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रे, कान्तिलोकपथ अन्तर्गत मकवानपुर, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक र सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
देशभर विभिन्न राजमार्गका ६ स्थानमा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ८ : ५७ बजे