३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । संघीय ससंद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक प्रतिवेदन आ.व. २०८१र०८२’ पेस गर्ने कार्यसूची छ ।
बैठकमा ‘न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व.२०८१र०८२’, ‘लोक सेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन ९२०८१ साउन २०८२ असार०’ पेस गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने लगायताका कार्यक्रम छन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : २७ बजे