काठमाडौं । सरकारले वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।
सोही सययमा बालबालिकालाई छुट खोप पनि लगाउन पनि अनुरोध गरेको छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।
खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै नियमित खोप बालबालिकालाई लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।