१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

कांग्रेस संसदीय दल बैठक स्थगित, भोली बिहान बस्ने



काठमाडौँ । आज २ बजे बस्ने भनिएको कांग्रेस संसदीय दल बैठक स्थगित भएको छ। कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, संविधान सभा सदस्य सूर्यमान गुरूङ बिहीबार अन्त्येष्टि गरिने भएकोले कांग्रेसले संसदीय दल बैठक स्थगित गरेको हो।

सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजे संसदीय दल कार्यसमिति र २ बजे संसदीय दल बैठक राखेका थिए।

आज स्थगित भएको बैठक शुक्रबार बिहान ८ बजे दल कार्यसमिति र साढे ८ बजे संसदीय दल बैठक बस्नेछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा हुनेछ। दलको बैठकमा बर्खे अधिवेशन माथि रणनीति तय गरिनेछ । त्यस्तैगरी समसामयिक राजनीतिक बिषयमा समेत बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ११ : १८ बजे