२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मार्शल लगाएर प्रधानमन्त्री लिए चौथो पटक बिश्वासको मत !



काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेससहित दलको नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । सोमबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले विश्वास मत प्राप्त गरेका हुन् । बैठकमा १५८ उपस्थित थिए । उनको पक्षमा १५७ मत पर्‍यो । विपक्षमा शून्य र तटस्थमा एक मत परेको थियो ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग राख्दै प्रतिपक्षीहरूले नारबाजी गरिरहेका थिए । नाराबाजीका बिच मर्यादापालक लगाएर प्रधानमन्त्री प्रचण्ड रोष्ट्रम पुगेका थिए । आफुमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले ठुलो मुुल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । केही समययता कांग्रेसले छानबिन समितिको माग राख्दै सदन अवरोध गर्दै आइरहेको छ । उपेन्द्र नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसगै प्रधानमन्त्रीले चौथो पटक बिश्वासको मत लिएको हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १ : ३८ बजे