१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश जारी गरेका छन् । शुक्रबार (वैशाख १८) राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । 

नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ८ : ०२ बजे