१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

सिंहदरबारमा कार्यदलको बैठक जारी



काठमाडौं । सहकारी ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा जारी छ । हिजो बस्ने भनिएको बैठक आज बसेको हो ।

कार्यदलको आजको बैठकमा कांग्रेसका तर्फबाट नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । गत शनिबार सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारीको बचत अनियमितता बारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो ।

कार्यादेश टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा नेपाली कांग्रेसका जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेको कार्यदल गठन गरिएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १० : ३४ बजे