काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ ११ गतेसम्मका निम्ति स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मंगलबार केही बेर बैठक सञ्चालन गरियो । नाराबाजीको बिचमा सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिइएको थियो । त्यसपछि कांग्रेस सांसदहरुले अवरोध गर्न खोजेका थिए ।
प्रधानमन्त्रीले टेबुल गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरेका थिए ।
८ जेष्ठ २०८१, मंगलबार
0
Shares





