बैतडी । बैतडीमा दुई हजार ४५३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार उक्त खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभर सञ्चालन हुँदै छ । जिल्लाका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालयबाहिर रहेका १०…