काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा ट्रमा एन्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको छ । यसका निम्ति नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी ९जाइका०बीच समझदारी भएको छ । उक्त अस्पतालमा ट्रमा एन्ड इमर्जेन्सी सेन्टर ९आन्तरिक अनुदान०को सुधार परियोजनाका लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको…