नेपालगन्ज। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विंगको उद्घाटन गर्नुभएको छ। आज बिहान आयोजित कार्यक्रममा मन्त्री पौडेलले उक्त संरचनाको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा लगायतको उपस्थिति थियो। अस्पतालको नयाँ भवनमा ६ शैयाको जलन वार्ड र १४ शैयाको सर्जिकल विंग सञ्चालनमा आएको छ।…