काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन ,खाद्य व्यवस्था तथा व्यापार कम्पनी, र दुग्ध विकास संस्थान (डीडीसी) ले ३० भदौदेखि देशभरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् । चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा उपभोक्ताले लाइन लागेरै सामान खरिद गरिरहेका छन्…