काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष नै सरकार सञ्चालनको निश्चितता हुनुपर्ने बताएका छन् । त्यसको निम्ति संविधान संशोधन गरिने उनको दाबी छ । “जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ । हामीलाई समावेशी पनि चाहिएको छ । हाम्रो संसद्मा दलित चाहिएको छ…