काठमाडौं -कलंकी–नागढुंगा सडकखण्डअन्तर्गत नैकापमा अत्याधुनिक स्मार्ट पेलिकन ट्राफिक बत्ती जडान हुने भएको छ।चन्द्रागिरि नगरपालिका र ब्राइट फ्युचर माध्यमिक विद्यालयबीच मंगलबार यसका लागि समझदारी भएको हो। नगरप्रमुख घनश्याम गिरी र विद्यालयका प्रधानाध्यापक दयाराम थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। बत्ती जडानको सम्पूर्ण खर्च विद्यालयले व्यहोर्नेछ भने सञ्चालन तथा व्यवस्थापन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्नेछ। यो प्रणालीमा…