काठमाडौं । चन्द्रागिरी नगरपालिका र इसिइसि इनोभेसन इन एजुकेसन ललितपुर बीच सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । पहिलो वर्ष ६ वटा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो । शुक्रबार चन्द्रागिरी नगरपालिका कार्यलयमा नगर प्रमुख घनश्याम गिरी…