२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

दुर्गा प्रसाईंका अंगरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अंगरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका अंगरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई मंगलबार थुनामुक्त गर्न आदेश गरेको हो। आदेशमा भनिएको छ, ुहतियार इजाजतपत्रको सर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको…