कञ्चनपुर । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सुदूरपश्चिम प्रदेशमै शुक्लाफाँटा नगरपालिकाले उत्कृष्ट नतिजा ल्याएको छ । आव २०८०र८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा नगरपालिकाले ९५ अंक ल्याएर सुदूरपश्चिम प्रदेशमा दोस्रो र कञ्चनपुर जिल्लामा प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत् र प्रभावकारी…