काठमाडौं । सभामुख देवराज घिमिरेले प्यालेस्टाइनी लडाकु समूह हमासबाट अपहरित नेपाली विद्यार्थी विपीन जोशीको शीघ्र रिहाइका निम्ति पहल गरेका छन् । सभामुख घिमिरेले विपीनको सकुशल रिहाइका निम्ति पहल गरिदिन आग्रह गरेका हुन् । “नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको यथाशीघ्र…