तनहुँ । मर्मत सम्भार पछि तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार बिहीबारबाट सुचारु भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गते देखि बन्द गरिएकोमा १६ दिन पछि सुचारु गरिएको हो । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केबलकार परियोजनाले केबलकार सेवालाई थप सुरक्षित बनाउन नियमित मर्मत…