२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

सुनको मूल्य स्थिर, आज तोलाको कति ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ ।