८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कैलालीमा बाढीले बगाउँदा युवतीको मृत्यु

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगंगा–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएकोे बताइएको छ । रासस