२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

वाग्मती नदीमा पुरुषको शव फेला

काठमाडौं । वाग्मती नदीमा एक पुरुषको शव फेला परेको छ । ललितपुर महानगरपालिका–१ को कार्यालयनजिक वाग्मती नदीमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भने भएका छैन । आज बिहान शव भेटिएको हो । नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।