काठमाडौ । नेपाल प्रेस युनियनले प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई मतदाता नामावलीमा समावेश नगरेसम्म नेपाल पत्रकार महासंघविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, उपत्यका शाखासहित पत्रकार महासंघको केन्द्रीय कार्यालयमा २ घण्टा धर्ना दिँदै यस्तो चेतावनी दिएको हो । महासंघले निर्वाचन प्रक्रियाका लागि सदस्यता सार्वजनिक गरेकोमा क्रियाशिल पत्रकारहरुले समेत नचिन्ने गरी…