२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

छिन्चु–जाजरकोट सडक अवरुद्ध

काँक्रेविहार (सुर्खेत) । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३, कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२, कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो…