२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

बेनी–जोमसोम सडकमा १४ पहिरो, यातायात प्रभावित

म्याग्दी । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षातसँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ। सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो। सडक अवरूद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका…