बाजुरा । अविरल वर्षाका कारण पहिरो खस्दा बजुरामा चारजना घाइते भएका छन् । हिमाली गाउँपालिका–३, बौडीस्थित गोरुखर्कमा शनिबार बिहान पहिरो खसेको हो । पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका हिमाली–३ का वडाध्यक्ष मंगल बुढाले जानकारी दिए । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको उनले बताए । ३० परिवारको बसोबास…