गण्डकी । सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै थिइन्। उनको एकमात्र सहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर छन्। ‘छोरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब जानुभएको हो। तर गएकै समयदेखि फोन सम्पर्क छैन। सुनेकी छु…