१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

रास्वपाले लेबी शुल्क घटायो, पार्टी सदस्यता शुल्क एक हजार रुपियाँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले पार्टीको लेबी शुल्कलाई एकरूपता दिएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य र संसद्को लेबी शुल्क घटाएको छ । जस अनुसार केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको हो । त्यस्तै बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपियाँ तोकेको छ ।